Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


एमाले अध्यक्ष ओलीको निवासमा आक्रमणको हल्ला, हिंसाको बाटो त्यागेर संयमता अपनाउन जेनजी युवालाई सुदन गुरूङकाे आह्वान

हिंसाले परिवर्तन ओझेलमा पर्ने तर्क

24.2k
Shares

काठमाडाैं । हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेनजी युवा पुस्तालाई हिंसाको बाटो त्यागेर संयमता अपनाउन आह्वान गर्नुभएकाे छ ।

उहाँले शनिबार सामाजिक सञ्जाल मार्फत यस्ता गतिविधिले सकारात्मक परिवर्तनको आन्दोलनलाई नै ओझेलमा पार्ने समेत बताउनुभएकाे हाे । केहीदिनदेखि टिकटक लगायतका सामाजिक सञ्जालमा ‘एक्स्पोज झोले’ ट्रेन्डको नाममा केही प्रयोगकर्ताले शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आक्रमण गर्ने भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाएका थिए। अध्यक्ष गुरुङको स्टाटस् यहि हल्ला लक्षित रहेको आकंलन गरिएको छ।

यहि सन्दर्भमा शनिबार नै भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि आक्रमणको धम्की आइरहँदा पनि सरकारले सुरक्षा खोस्न लागेको भन्दै गुनासो समेत गर्नुभएकाे थियाे । अध्यक्ष गुरुङले युवाहरूको ऊर्जालाई सडकको अराजकता भन्दा निर्वाचनमार्फत सकारात्मक परिवर्तन ल्याउन केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएकाे छ।