काठमाडौँ । रसिया र युक्रेनबीच बढ्दो तनाव र विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका वा त्यहाँ भ्रमण गर्ने तयारीमा रहेका नेपाली नागरिकहरूका लागि एउटा अत्यन्त जरुरी सूचना जारी गरेको छ । दूतावासले युक्रेनको सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै गएको भन्दै आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षालाई प्राथमिकता दिन अनुरोध गरेको…