Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते


0
Shares

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८, ताँवलेमा आज बेलुकी मोटरसाइकल र भ्यान एकआपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्को एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ । मध्य पहाडी लोकमार्गमा पर्ने सडक खण्डमा भएको दुर्घटनाका घाइतेलाई जिल्ला अस्पताल सल्ले लगिएको छ ।

रुकुम पूर्वको रुकुमकोटबाट आउँदै गरेको कारागार कार्यालय रुकुम पश्चिमको भ्यान र रुकुम पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।