Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


नागरिकलाई सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर ठगी गर्ने एक युवक प्रहरीकाे हिरासतमा


286
Shares

काठमाडाैं । प्रहरीले नागरिकलाई नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता कानपुरका ३५ वर्षीय हरिश चन्द्रलाई पक्राउ गरिएको जनाएकाे हाे । निजले नेपाली सेनामा भर्ती गराइदिने भन्दै एक व्यक्तिबाट दुई लाख ४० हजार ठगी गरेको आरोप लागेको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरी बिहीबार कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे हाे ।