काठमाडौं । अखिल नेपाल भिक्षु महासंघको अध्यक्षमा भिक्षु धर्मशाोभन महास्थविर चयन हुनुभएको छ । विश्व शान्ति विहार, मिनभवनमा भएको महासंघको २४औं साधारणसभाले महास्थविरको अध्यक्षतामा १५ सदस्यीय निर्वाचित समिति गठन गरेको हो । समितिको उपाध्यक्षद्वयमा भिक्षु शीलभद्र महास्थविर र भिक्षु सद् धातिस्स महास्थविर चयन हुँदा भिक्षु धर्मगुप्त महास्थविर महासचिव तथा भिक्षु निग्रोध महास्थविर सचिव हुनुभयो ।…