नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । अर्बपति विनोद चौधरी र ५ पटकसम्म यही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री हृदयेश त्रिपाठीबीचको प्रतिस्पर्धाले चुनावलाई रोचक बनाएको हो । एमालेको समर्थनमा त्रिपाठीले जनता प्रगतिशिल पार्टीबाट उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसबाट उद्योगपति चौधरीले उम्मेदवारी दिनुभएको छ । अन्तिम समयमा…