कपिलवस्तु–२ (१) मा एमालेका नवराज लामिछाने (भुपाल) विजयी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


कपिलवस्तु–२ (१) मा एमालेका नवराज लामिछाने (भुपाल) विजयी


533
Shares

कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा (एमाले) का नवराज लामिछाने (भुपाल) विजयी हुनु भएको छ ।

लामिछाने २१ हजार १ सय ३६ मतसहित विजयी हुनुभएको हो ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका बिक्रमसिंह थापालाई ५ सय २२ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।

निकटतम् प्रतिद्वन्द्वी थापाले २० हजार ६ सय १४ मत प्राप्त गर्नुभएको छ ।