पाल्पा क्षेत्र नम्बर १ बाट एमालेका नारायण आचार्य विजयी « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


पाल्पा क्षेत्र नम्बर १ बाट एमालेका नारायण आचार्य विजयी


338
Shares

पाल्पा । पाल्पाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बमट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य विजयी हुनु भएको छ ।

आचार्यले सत्ता गठबकन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका उम्मेदवार ज्ञान बहादुर गाहालाई पराजित गरेर विजयी हुनु भएको हो ।

आचार्यले ३१ हजार १०३ मत प्राप्त गर्नुभएको हो भने काँग्रेस उम्मेदवार गाहाले २० हजार २५६ मत पाउनु भएको थियो । आचार्यले गाहालाई १० हजार ८४७ मतान्तरले पराजित गर्नुभएको हो ।