काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ।
संसद सचिवालयले सिंहदबारमा मंगलबार दिउँसो १ बजे बस्ने जनाएकाे हाे। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
साथै यस अघि साेमबार बसेकाे प्रतिनिधि सभाको बैठकले रसुवा भाेटेकाेशी र त्रिशूली विपदकाे सम्बन्धL १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेकाे थियाे। बैठकले राष्ट्रिय सेवा दल विधेयक पनि पारित गरेकाे थियाे ।










प्रतिक्रिया दिनुहोस्