काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन मंगलबार बिहान ९ बजेबाट शुरु हुँदैछ ।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा जारी बैठकमा मंगलबारदेखि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम शुरु हुने बताउनुभएका हाे। हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरू राख्ने गरी समय व्यवस्थापन गरिएको उहाँकाे भनाइ छ।
अध्यक्ष केपी शर्मा ओलीले सोमबारको बैठकमा जानकारी गराएका ९ वटा एजेण्डामध्ये ८ वटाको कारबाही मंगलबारदेखि शुरु हुने भएको हाे । मंगलबारदेखि क्रमशः केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनय, विभागहरूको गठन, पोलिट ब्यूरो गठन र स्थायी कमिटीको गठनका एजेण्डा अघि बढाउने तयारी गरिएकाे छ।
त्यस्तै, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, अनुशासनका सम्बन्धमा दृष्टिकोण बनाउने पनि यहि बैठकले गर्ने भएकाे हाे। एमाले स्रोतले मंगलबार केन्द्रीय सदस्यहरूको मनोनयन गरेर बैठकमा धारणा राख्ने क्रम शुरु हुने भएकाे छ । पोलिट ब्यूरो, स्थायी कमिटीलगायत नेताहरूको जिम्मेवारी बाँडफाँड बुधबार गर्ने तयारी भएकाे हाे।
साेमबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्