काठमाडौं । नेपाली महिला कबड्डी टोलीले जापानमा जारी २० औं एशियाली खेलकुदको आफ्नो पहिलो खेलमा थाइल्यान्डविरुद्ध ४६-४३ को रोमाञ्चक जित निकालेको छ ।
टोकाइ सिटिजन जिम्नेसियममा मंगलबार समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले सानदार पुनरागमन गरेको हाे। नेपाली महिला टोली चीनमा भएको गत संस्करणको १९ औं एशियाली खेलकुदको काँस्य विजेता समेत हो । अपेक्षा गरिएको खेलमध्ये एक नेपाली महिला कबड्डी टोलीले उत्कृष्ट पुनरागमन जितसँगै एशियाली खेलकुदको शुरुवात गरेको छ ।
पहिलो हाफमा १५–२४ ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन मिनेट बाँकी छँदा पुनरामगन गरेको हो । नेपालले ३९–३९ को बराबरीमा भेट्टायो । त्यसपछि लगातार अंक जोड्दै नेपालले अग्रता लियो । दोस्रो हाफमा नेपालले थाइल्याण्डलाई दुईपल्ट अलआउट गर्न सफल भयो ।
त्यसअघि पहिलो हाफमा नेपाल पनि दुई पल्ट अलआउट भएको थियो । नेपालको जितमा रबिना चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । नेपालले अब बुधबार चाइनिज ताइपेइसँग खेल्ने भएकाे छ । चार टोली रहेको समूह ‘बी’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका हुन् । समूहमा नेपाल, थाइल्यान्ड, श्रीलंका र चाइनिज ताइपेइ रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्