काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जात्राहरु मध्येको भोटो देखाउने जात्रा बिहीबार मनाईदै छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत बिहीबार भोटो देखाउने जात्रा मनाउन लागिएको हो । सबैभन्दा लामो जात्राको रूपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा छ ।…