Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा (तस्बिरसहित)


572
Shares

काठमाडौं । नेकपा एमालेले युथ भोलेन्टियर फोर्स घोषणा गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यको उपस्थितिमा आइतबार भक्तपुरको गुण्डुमा युथ भोलेन्टियर फोर्सको विशेष भेला राखिएको हो ।सोही भेलामा एमाले अध्यक्ष ओलीसहित एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेल गायतका नेता देखिएका छन् ।

जेनजी आन्दोलनपछि पार्टीका नेता बस्नेत र युवा संघको सुरक्षामा ओली दम्पति रहँदै आउनुभएकाे हाे। युथ भोलेन्टियरको घोषणाले एमालेको युवा दस्ता पार्टीका लागि रक्षात्मक र आक्रमक रुपमा अघि बढ्ने देखिएको छ।