Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


गफले रोजगारी सिर्जना हुँदैनः हर्क साम्पाङ

रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्नेमा जाेड

195
Shares

काकठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका मेयर हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ।

निर्वाचन आयोगले आइतबार श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताउनुभयो । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उहाँको भनाइ छ ।

मेयर साम्पाङले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताउनुभयो । उहाँले देश आफैंले बनाउने मौलिक शैली अपनाउने उल्लेख गर्नुभयो । देश विदेशी ऋणले मात्रै नचल्ने बताउनुहुँदै उहाँले देश अब नेपाली आफैंले बनाउनुपर्नेमा जोड दिनुभएकाे छ। उहाँले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताउनुभयो ।
मेयर साम्पाङले आफूहरुले दलको झण्डा नराख्ने बताउनुभएकाे छ । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको हाे । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उहाँको भनाइ छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उहाँले जानकारी दिनुभयो । परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि उहाँकाे दावी छ।

हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उहाँले जानकारी दिनुभयो । आयोगले साम्पाङको पार्टीलाई आइतबार मान्यता दिएको हो । मेयर साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिनुभएको छ।