बिराज रोस्यारा (इमेज) कैलाली, साउन २० । कैलालीमा स्वास्थ्यकर्मीसहित ‘क्वारेन्टिन’का चौकीदार र भान्छेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कैलारी गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत् एकजना स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छेलाई संक्रमण पुष्टि भएको हो । गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले वडा नम्बर–१ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा कार्यरत् उनीहरुमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो…