पर्सामा सोमबारदेखि निषेधाज्ञा • Image Khabar Image Khabar


पर्सामा सोमबारदेखि निषेधाज्ञा


Imagekhabar
१८ श्रावण २०७७, आईतवार १८:२८

पर्सामा सोमबारदेखि निषेधाज्ञा

पर्सा, साउन १८ । पर्सामा सोमबार (भोलि) बाट लागु हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बसेको बैठकले पर्सामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सोमबार बिहान ५ बजेबाट लागु हुने गरी निषेधज्ञा गर्ने निर्णय गरेको हो ।

यस्तै भारतसँग सीमा जोडिएका नाकाहरू तथा खुला सीमाबाट जुनसुकै मानिसहरूको आवगमन निषेध गरिएको छ ।

पछिल्लो समय पर्सामा कोरोना संक्रमणको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्