बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १३ । सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा शनिबार ६४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घन्टामा ७३९ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन महिला र १२ पुरुष गरी…