प्रदेश १ मा ५७ जना संक्रमित थपिए • Image Khabar Image Khabar


प्रदेश १ मा ५७ जना संक्रमित थपिए


Imagekhabar
१९ श्रावण २०७७, सोमबार १७:५२

प्रदेश १ मा ५७ जना संक्रमित थपिए

सुनसरी, साउन १९ । प्रदेश १ मा सोमबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जना रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।

योसंगै प्रदेश १ मा संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएकोमा १८ महिला ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्