Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


ललितपुरमा ‘पारदर्शी हरियो बार’को निर्माण

ललितपुर, मंसिर १० । ललितपुर महानगरपालिकाले महानगरलाई हरियालीयुक्त सहर निर्माण गर्ने योजनाअन्तर्गत् तीन ठाउँमा ‘पारदर्शी हरियो बार’को निर्माण गरेको छ । बुधबार नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पश्चिमतर्फ मूल सडकमा लगाइएको पारदर्शी हरियो बारको उद्घाटन गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर क्षेत्रलाई हरियालीयुक्त सहर बनाउने सपनालाई साकार बनाउन यस योजनालाई प्राथमिकता दिइएको बताउनुभयो ।…