५ करोड २६ लाख लागतमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हल निर्माण हुने « Image Khabar


५ करोड २६ लाख लागतमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हल निर्माण हुने


Imagekhabar
१० मंसिर २०७७, बुधबार १३:०४

मकवानपुर । ५ करोड २६ लाख ८३ हजार लागतमा वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हल निर्माण हुने भएको छ ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालयले हलको निमार्ण गर्ने भएको हो ।

हलको आज बिहान मुख्यमन्त्री डोरमणि पौडेलले भुमि पुजन गरी शिलान्यास गर्नुभएको छ । ४ सय जना अट्ने क्षमताको सभा हलको लम्बाई १५८ फिट र चौडाई ८५ फिट रहने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्