काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई आज पद तथा गोपनियताको सपथ गराएकी हुन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, मन्त्रिपरिषद्का सदस्यहरु उपस्थित थिए । सपथग्रहणपछि नियुक्त भएका सबै प्रदेश प्रमुखलाई उपस्थित सबैले बधाई तथा शुभकामना दिएका थिए ।…