काभ्रे । नमोबुद्ध नगरपालिकाले विपदमा परेका ११ परिवारलाई राहत प्रदान गरेको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले पीडितलाई आर्थिक सहयोगको चेक हस्तान्तरण गर्दै सहयोग अभियान सुरुवात गर्नुभएको हो । नमोबुद्ध नगरपालिकाले यही बर्षदेखि कार्यविधि निर्माण गरी विपदमा परेका नगरबासीलाई सहयोग गर्न थालेको हो । कार्यबिधिअनुसार विभिन्न प्रकोपबाट ५ लाखसम्म क्षति भएका परिवारलाई १० हजार…