कोरोना जोखिम बढेसँगै कर्णाली प्रदेशमा उच्च सुरक्षा सतर्कता • Image Khabar Image Khabar


कोरोना जोखिम बढेसँगै कर्णाली प्रदेशमा उच्च सुरक्षा सतर्कता


Imagekhabar
१६ चैत्र २०७७, सोमबार १२:३४

कोरोना जोखिम बढेसँगै कर्णाली प्रदेशमा उच्च सुरक्षा सतर्कता

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै प्रदेश सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

संघीय सरकारले निर्देशन दिएसँगै प्रदेश सरकारले हटाएका क्वारेन्टाइन निर्माणको तयारी थालेको हो । कर्णालीमा ८ सय ९१ स्थानमा ४१ हजार ९ सय ५६ बेडका क्वारेन्टाइन निर्माण गरिएको थियो । हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसन पुर्नस्थापित गर्ने गरी आवश्यक तयारी थालिएको छ ।

नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनका लागि प्रदेश सरकारले २ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै कर्णालीमा पनि भित्रनेको संख्या दिनहुँ बढ्न थालेको छ । भारतका विभिन्न राज्यमा लकडाउन हुन थालेपछि रोजगारीको सिलसिलामा भारत गएकाहरू घर फर्कन थालेका हुन ।

कर्णाली प्रदेश सरकारले भने प्रदेश भित्रिने मुख्य तीनवटा सीमा नाकामा पुनः हेल्थ डेस्क स्थापना गर्ने तयारी गरेको छ । प्रदेश भित्रिने नाका सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क पुनःस्थापना गर्न लागिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर रविन खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्