लुम्बिनी प्रदेशको जनशक्ति र सरकारी संयन्त्र बलियो भएपनि खर्च भने निराशाजनक • Image Khabar Image Khabar


लुम्बिनी प्रदेशको जनशक्ति र सरकारी संयन्त्र बलियो भएपनि खर्च भने निराशाजनक


Imagekhabar
१७ चैत्र २०७७, मंगलवार ११:४१

लुम्बिनी प्रदेशको जनशक्ति र सरकारी संयन्त्र बलियो भएपनि खर्च भने निराशाजनक

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले दोस्रो चौमासिकसम्म कुल बजेटको ३६ दशमलव ४६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेशको कुल बजेट ३६ अर्ब ३५ करोड २६ लाखमा फागुन मसान्तसम्ममा १३ अर्ब २५ करोड ५८ लाख खर्च भएको छ ।

लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्मको पुँजीगत बजेटको खर्चदर जम्मा ३३ दशमलव ३५ प्रतिशत छ । चालु वर्षका लागि छुट्याइएको १८ अर्ब ७२ करोड विकास बजेटमध्ये जम्मा ६ अर्ब २४ करोड खर्च भएको छ ।

अघिल्ला वर्षको तुलनामा प्रदेशमा जनशक्ति र बजेट खर्च गर्ने संयन्त्रको व्यवस्थापन हुँदै गए पनि बजेटको खर्चदर भने खासै बढ्न सकेको छैन । गत आर्थिक वर्षको सोही अवधिमा २८ प्रतिशत बजेट खर्च भएको थियो । अघिल्ला वर्षको तुलनामा केही प्रतिशत बढे पनि दोस्रो चौमासिकसम्मको यो खर्चदरलाई सन्तोषजन रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्