१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


फेवाताल सिमांकनको काम तीन महिनाभित्र सकिनेछ : मुख्यमन्त्री गुरुङ


0
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको फेवातालको सिमांकनको काम तीन महिनाभित्र सक्ने आश्वासन दिनु भएको छ ।

पोखरा पर्यटन परिषदको ११ औं अधिवेशनको उद्घाटन गर्दै उहाँले लामो समयदेखि विवादितरुपमा रहेको सिमांकनको काम सकेर मुआब्जा वितरण गरीने बताउनुभयो ।

नेपाल ट्रस्टको स्वामित्वमा रहेको ठाउँलाई पर्यटन स्थलको रुपमा विकास गर्ने उहाँको भनाई थियो ।

मन्त्री गुरुङले सरकारले ल्याएको मौद्रिक नीति राम्रो भए पनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभयो ।

उहाँले पूर्वराजाहरुले प्रयोग गर्दै आएको फेवाताल किनारमा अवस्थीत हिमागृह, रत्न मन्दिर सर्वसाधरणका लागि तीन महिनाभित्र खुला गर्ने जानकारी दिनुभयो ।