पोखरा, असार २८ । नेपाली कांग्रेस कास्कीले विषम परिस्थितिमा गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा आपत्ति जनाएको छ । कास्की कांग्रेसको आइतबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधा बढाउने निर्णय अव्यहारिक भएको भन्दै आपत्ति जनाएको हो । बैठकले लकडाउनका कारण नराम्ररी प्रभावित बनेको यातायात, पर्यटन र उद्योग क्षेत्रलाई राहत दिन सरकारसँग माग गरेको छ ।…