काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले आज राजीनामा दिँदै छन् । एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लाग्नुभएको हो । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आफ्ना…