काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालिन सचिव ईश्वरचन्द्र महरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तात्कालिन सचिव महरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार…