Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


झापामा वन डढेलो नियन्त्रण सप्ताह सुरू


715
Shares

झापा । झापामा ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारबाट वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको छ ।

डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव–डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको हो ।

अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवन प्रसाद पाठकले गर्नुभयो ।

‘डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौं’, ‘बन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौं’, ‘वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो’ जस्ता प्ले कार्डसहित मेचीनगरस्थित प्रगति सामुदायिक वनबाट सुरू गरिएको सचेतना र्‍याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।

साताव्यापी सञ्चालन हुने अभियाको दोस्रो दिन कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गामा नियन्त्रित डढेलो लगाउने अभियान सञ्चालन गरिने छ । त्यस्तै, ३ गते जलथलस्थित चौकी विरान सामुदायिक वनमा ‘वन क्षेत्रमा हुने ज्वलनशील पदार्थबाट कम्पोष्ट मल बनाउने अभ्यास’ सञ्चालन गरिने छ ।

त्यस्तै, सुरक्षा निकायबीच वन डढेलो नियन्त्रणमा तथा व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया छलफल गरिने, डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि तालिम सञ्चालन गरिने छ भने ७ गते अभियानको समापन गरिने डिभिजन वन कार्यालय झापाकी अधिकृत अञ्जना पुरीले जानकारी दिनुभयो ।