Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


डडेल्धुराकाे सेला गाउँमा योग शिविर सञ्चालन


286
Shares

डडेल्धुरा । डडेल्धुराकाे अमरगढी नगरपालिका-५ सेला गाउँमा ‘गरौं योग रहौं निरोग’ भन्ने नाराका साथ बिहीबारदेखि सात दिवसीय योग विज्ञान शिविर सञ्चालन भएको छ ।

विभिन्न शारीरिक समस्या तथा रोग ब्याधिले ग्रस्त नगरवासी नागरिकलाई मानसिक रुपले, शारीरिक रुपले स्वस्थ एवं सचेतना युक्त बनाउने उदेश्यले याे शिविर सञ्चालन गरिएकाे हाे । साथै सामाजिक सद्भाव एकता विकास गर्न धर्म संस्कृतिको रक्षा गर्दै मानवीय जीवनशैलीमा रुपान्तरणका लागि योग आवश्यक भएकाले योगको अवधारणालाई गाउँ घरसम्म पनि विस्तार गर्न शिविर सञ्चालन गरिएको हो।

योग युक्त समाज, रोगमुक्त समाज निर्माणका लागि अवस्थी परिवार समाजको आयोजना र पतंजली योग समिति डडेल्धुराको प्रशिक्षण सहयोगमा शिविर सञ्चालन गरिएकाे छ । नगरवासीलाई स्वस्थ र चित्त वृद्धि विकासका लागि यहि चैत्र २ गतेदेखि ८ गते सम्म सात दिवसीय योग विज्ञान शिविर सञ्चालन भएको आयोजक संस्थाका अध्यक्ष समाजसेवी यज्ञराज अवस्थीले जानकारी दिनुभयाे ।

योग विज्ञान शिविरमा विशेष गरी सधैभरि चुलोचौको र कृषिकर्म लगायतका घरायसी काममा व्यस्त रहने महिलाहरु योग शिविरमा अभ्यास गर्न आउन पाएपछि हर्षित र लाभान्वित समेत भएका छन ।

Skip This