म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूको डोजर…