Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


आगामी उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसकाे निर्णय


481
Shares

काठमाडौं । सत्तारुरुढ दल नेपाली कांग्रेसले मनाङ प्रतिनिधिसभा निर्वाचन-१ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को आगामी उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायका अनुसार मनाङको निर्वाचनमा दल दर्ता नै बैठकाे विषयको मूल एजेण्डा भएको छ। केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भए पनि तत्काल केन्द्रीय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुनेगरी निर्णय गरेको उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालका विषयमा पार्टीले आफ्नो धारणा बनाउने कांग्रेसले निर्णय गरेको छ । सामाजिक सञ्जालको नियमन राम्रो कुरा भएपनि बन्द गर्नु पूर्व-विकल्पका बारेमा छलफल हुनुपर्नेमा कांग्रेसले जोड दिएको हाे ।