Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


एमाले विधान महाधिवेशन: संस्थापन पक्षको प्रस्तावमा ९९ प्रतिशत महाधिवेशन प्रतिनिधिकाे समर्थन

पूर्वराष्ट्रपति भण्डारीकाे समर्थनमा भने १ प्रतिशत मात्रै

65
Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा पार्टीको संस्थापन पक्षको प्रस्तावमा ९९ प्रतिशत महाधिवेशन प्रतिनिधिले समर्थन जनाएका छन् ।

ललितपुरको गोदावरीमा जारी महाधिवेशनको पहिलो दिन प्रस्तुत, राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि दोस्रो दिनको समूहगत छलफलमा २५ जनाले मात्रै संस्थापन पक्षले अघि सारेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयको विपक्षमा आफ्ना विचार राखेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभएकाे हाे ।

महाधिवेशनका २ हजार ३ हजार २१ प्रतिनिधिमध्ये निकै थोरै अर्थात १ प्रतिशतले मात्रै त्यसतर्फ आफ्ना भनाइ खुलेर राखेको प्रमुख गौतमले बताउनुभयाे । छलफलका क्रममा प्रत्येक समूहबाट २-३ जनाले मात्रै महामहिम पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न हुँदैन भन्ने पार्टी निर्णयका विपक्षमा धारणा राखेकाे उहाँकाे दावी छ ।

१० वटै समूहबाट जोड्दा त्यस्तो विचार राख्ने कमरेडहरूको संख्या २५ जना मात्रै रहेकाे उहाँकाे जिकिर थियाे ।