काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अराजकतालाई प्रवद्र्धन गर्ने मतियारको रुपमा काम गरिरहेको आरोप लगाउनुभएको छ । एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आरोप लगाउनुभएको हो । महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट सरकार च्यूत भएको जिकिर समेत गर्नुभयो। उहाँले जेनजी प्रदर्शनपछि नेपाली समाज…