बिराज रोस्यारा (इमेज) कैलाली, कात्तिक २७ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । मंगलबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपाका प्रदेशसभा सदस्य सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई मुख्यमन्त्री भट्टले मंगलबारै दिउँसो पद तथा गोपनीयताको शपथग्रहणसमेत गराएका छन् । यसअघि सामाजिक विकासमन्त्री रहेका दीर्घबहादुर सोडारीलाई मंगलबारै पदबाट बर्खास्त गरिएको…