काठमाडौं, जेठ ३० । ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवस नेपालमा पनि बिहीबार (भोलि) विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त दिवसको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरिने जनाएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर चेतनामूलक कार्यक्रमहरु आयोजना गरिने जनाइएको छ ।…