रुपन्देही । कार्यसूचीमै नभएको विषयमा काङ्ग्रेसले प्रदेश न. ५ प्रदेशसभाको बैठक अवरुद्ध गरेको भन्दै सत्तापक्षका सदस्यहरुले विरोध गरेका छन् । यसअघि मङ्गलबार बसेको बैठक काङ्ग्रेसका प्रदेशसभा सदस्यहरुको अवरोधका कारण स्थगन भएपछि प्रदेशसभाको आजको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले प्रतिपक्ष गैरजिम्मेवार बनेको आरोप लगाए । “प्रतिपक्ष गैरजिम्मेवार…