इलाम, जेठ ५ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत इलाममा योजना कार्यान्वयनले तीव्रता लिएको छ । जिल्लामा छुट्याइएको बजेटबाट स्थानीय तहले धमाधम काम सुरु गरेका हुन् । इलाम नगरपालिकामा पूर्वाधार विकास कार्यक्रमका १० योजनामा करिव १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत सडक, खेल मैदान, सामुदायिक भवन निर्माणलगायतका योजना रहेको नगरपालिकाका प्रमुख महेश बस्नेतले…