पाँचथर । पाँचथरको स्थानीय तहमा गत वर्षभन्दा यस वर्ष बेरुजु रकममा वृद्धि भएको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरमा आठ स्थानीय सरकारहरु बेरुजु रकमको बोझले थिचिएको महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनबाट खुलेको छ । पाँचथरका सबै स्थानीय तहहरुको बेरुजु रकम एक करोड रुपैयाँभन्दा माथि रहेको छ । पाँचथरको सदरमुकाम समेत रहेको फिदिम नगरपालिकामा…