काठमाडौं, जेठ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर–२६ कार्यालयको नवर्निर्मित भवनको आइतबार ढोलाहिटीमा उद्घाटन गर्दै उनले ‘जनप्रतिनिधिले जनतालाई राम्रो सेवा–सुविधा दियौं भन्ने प्रमाणित गर्नु आवश्यक छ’–भने । ‘सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गत्कै तीन तहको सरकार बनेको…