प्रकाश अधिकारी/दीपेन्द्र शर्मा (रासस) सुर्खेत, जेठ २२ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु एक करोड बढी लागत अनुमान भएका आयोजनामामात्र बजेट विनियोजन गर्ने भएको छ । प्रदेशप्रमुख दुर्गाकेशर खनालले बुधबार कर्णाली प्रदेशसभामा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ को बजेटमा ठूला आयोजनालाईमात्र प्राथमिकतामा राख्ने नीति लिइएको हो । चालू आवमा…