काठमाडौं, असार २ । काठमाडौंको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु–सोह्रखुट्टे सडकखन्डमा पर्ने पिपुल्स अस्पतालअगाडि सडकमा शनिबार दिउँसो बा२ख ७०६ नम्बरको माइक्रोबस, बा३ प ३६६७ नम्बरको मोटरसाइकल र बा५३प ३६८२ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार नुवाकोट घर भइ काठमाडौं बस्ने ४० वर्षीया पवित्रादेवी भट्टको मृत्यु भएको हो । महानगरीय ट्राफिक…