घोराही, मंसिर १५ । उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ (ख) को मतगणना शुरु भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । मतगणना आज बिहान नौ बजेबाट शुरु गरिएको हो । मतगणना वडागत रुपमा शुरु गरिएको छ । शनिबार सम्पन्न मतदानमा कूल…