जनकपुर, बैशाख १६ । जनकपुर उपमहानगरपालिकाले लकडाउनको एक महिनापछि कुहिएको चामलसहितका खाद्य सामग्री राहत वितरण गरेको छ । प्रदेश सरकारबाट रकम पाएको करीब तीन सातापछि उपमहानगरपालिकाले कुहिएको र ढुसी लागेको चामल वितरण गर्दा नगरवासी निकै दुखी भएका छन् । उनीहरुले भोकमरीमा उपमहानगरपालिकाले गरीब विपन्नको मजाक बनाएको भनी गुनासो गरेका छन् । जनकपुरधाम वडा नम्बर १६…