Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


चौदण्डीगढी नगरले फिर्ता लग्यो काठमाडौंमा रहेका आफ्ना नागरिक


0
Shares

उदयपुर । चौदण्डीगढी नगरपालिकाले राजधानी काठमाडौंमा अलपत्र परेका नगरबासी बिद्यार्थी, श्रमिक तथा मजदुरहरुलाई जीबिकोपार्जमा समस्या परेको भन्दै घरसम्म ल्याएको छ ।

शैक्षिक संस्था, उद्योग साथै अन्य व्यवसाय कडाउनका कारण संचालन नहुँदा र यातायातका साधन संचालन नहुदा हातमुख जोर्न समस्या परेको भन्दै बै‌शाख ११ देखि १५ गते सम्ममा १४ सय नागरिकलाइ चौदण्डीगढी नगरपालिकासम्म ल्याएको हो ।

जिल्ला प्रसाशन कार्यलय उदयुर र काठमाडौं नगरपालिकाको समन्वयमा यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना नगरबासी नागरिकलाई घरसम्म ल्याइएको नगरप्रमुख खगेन्द्र राइले जानकारी दिए ।

चौदण्डी गढी नगरपालिका–४ नमुना चौकमा रहेको हेल्प डेक्समा ज्वर‍ो नाप्दै एक बोदल पानी र एक पकेट चाउचाउ उपलब्ध गराई यात्रुलाई विदाइ गर्दै घरमै बस्न आग्रह गरिएको छ ।

विशेष गरेर काठमाडौंमा अध्ययनरत बिद्यार्थी, असंगठित क्षेत्रमा कार्य गर्ने श्रमिकहरुलाई गुजारा चलाउन समस्यामा परि पैदलै घर फिर्ता भएको कारुणिक दृष्यले त्यस्ता अन्य नागरिकलाइ नगरपालिकाकै लगानीमा घरसम्म फिर्ता ल्याइ होम क्वारेन्टाइनमा राखिने प्रमुख राईले बताए ।