हेटौंडा, पुस २५ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन् । उद्योग संघ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौंडा’ अब औपचारिकरूपमा नै राजधानी घोषणा हुने बताए । मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न प्रदेश नम्बर–३ सरकार लागिरहेको बताए । उनले हेटौंडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य…