काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पुर्याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदुरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो । चन्द्रागिरिका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाभित्र कोठामा बसेर दैनिक ज्यालादारी…