पोखरा, जेठ ५ । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन पोखरा सभागृहमा बस्ने भएपछि सोमबारदेखि रङरोगनसँगै मर्मत थालिएको छ । कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले पोखरा, नदीपुरस्थित संसद भवन सानो हुँदा पोखरा सभागृहमा तयारी थालिएको हो । गण्डकी प्रदेशसभामा कुल ६० जना सांसदको प्रतिनिधित्व छ । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि…