Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पीपीईलगायतका स्वास्थ्य सामग्री प्रदेशहरुमा पठाईदै, प्रदेश १ ले मंगलबारदेखि वितरण गर्ने


0
Shares

विराटनगर, चैत १७ । नेपाल सरकारले प्रदेश नंबर १ सरकारलाई स्वास्थ्य सामाग्री पठाएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) नेपाल सरकारले पठाएको हो ।

सामाजिक विकास मन्त्रालय मार्फत प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा पीपीई पठाईने भएको छ । स्वास्थ्य मन्त्रालयले सेनिटाइजर, मास्क लगायतका सामग्री गाडी मार्फत पठाएकाले मंगलबार मात्रै आईपुग्ने छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ सय ५०, कोशी अस्पताललाई १ सय ५०, कोशी अस्पताल कोरोना उपचार केन्द्रलाई २ सय र मेची अस्पताललाई ४६ थान पीपीई वितरण गरिने छ ।

मोरङ जिल्लालाई ३४, सुनसरीलाई २४, धनकुटालाई १४, तेह्रथुमलाई १२, संखुवासभालाई २०, भोजपुरलाई १८, सोलुखुम्वुलाई १६, उदयपुरलाई १६, खोटाङलाई २०, झापालाई ३०, पाँचथरलाई १६, ताप्लेजुङलाई १८, इलामलाई २०, ओखलढुङ्गालाई २० वटाका दरले स्वास्थ्य कार्यालय मार्फत वितरण गरिने छ ।