सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, जेठ २९ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघ ताप्लेजुङले मंगलबार राँकेजुलुस प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थलगायत अन्य सामग्रीको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघले सदरमुकाम फुङ्लिङमा राँकेजुलुस प्रर्दशन गरेको हो । ठाउँठाउँमा विरोध जुलुस निकाल्नुका साथै प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाइएको नेविसंघ…